विपदका उद्दारकर्ता चणिकलाललाइ तेमालको सम्मान

गत असोजमा ललितपुरको नख्खु खोलामा आएको बाढीमा बगेका दुई जनाको ज्यान जोगाएर साहसिक कार्य गरी तेमाल गाउँपालिकाको नाम उच्च बनाएकोमा चणिकलाललाई सम्मान गरिएको अध्यक्ष चन्द्रबहादुर तामाङले बताए

काभ्रेपलान्चोक। काभ्रेको तेमाल गाउँपालिकाले तेमाल–९, चोपाटार निवासी चणिकलाल तामाङलाई तेमाल गाउँपालिकाले नगद सहित सम्मान गरेको छ । गाउँपालिकाको १७ औं अधिवेशनमा तामाङलाई १ लाख ११ हजार १ सय रुपियाँ नगद सहित सम्मान गरिएको हो ।

उनलाई गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ र उपाध्यक्ष दलमान थोकरले सम्मान पत्र र नगद सहित सम्मान गरेका हुन् ।

गत असोजमा ललितपुरको नख्खु खोलामा आएको बाढीमा बगेका दुई जनाको ज्यान जोगाएर साहसिक कार्य गरी तेमाल गाउँपालिकाको नाम उच्च बनाएकोमा चणिकलाललाई सम्मान गरिएको अध्यक्ष तामाङले बताए ।

गत असोज १२ गते नख्खु खोलाको बाढीले बगाएका रौतहट घर भई ललितपुर महानगरपालिका–२५ सुगम बस्ती टोल बस्ने ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरी चणिकलालले बचाएका थिए ।

गत असोज १२ गते नख्खु खोलाको बाढीले राजु र उनकी छोरी मेघनालाई बगाएर करिब ३ सय मिटर तल पुर्‍याइसकेको थियो । त्यस क्रममा बाढीमै हेलिएर चणिकलाले उनीहरूलाई उद्धार गरी अस्पताल पुर्‍याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments