गाउँपालिकाले आगामी दिनमा पनि सामाजिक न्याय, स्वास्थ्य सुधार, सूचना प्रवाह र सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।खानीखोला गाउँपालिकाको औद्योगिकरण र कृषिमा आधारित उत्पादनलाई प्रवर्द्धन गर्ने भएको छ
काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिकाको सत्रौं गाउँ अधिवेशनले आर्थिक वर्ष २०८२र०८३ का लागि कुल रु ५२ करोड २३ लाख ३२ हजार ३५३ बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ को अध्यक्षतामा बसेको अधिवेशनले नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको हो। चालु आर्थिक वर्षको मूल प्राथमिकतामा गर्भवती महिलाको स्वास्थ्य सुधारलाई प्रमुख रुपमा राखिएको छ।
खानीखोला गाउँपालिका दोर्जेमान जिम्बाले आर्थिक वर्ष २०८२र०८३ को बजेट गाउँसभामा प्रस्तुत गर्नुभएको हो।बजेट प्रस्तुत गर्ने क्रममा उहाँले गाउँपालिकाको विकास, पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र औद्योगिकरण लगायतका प्राथमिकतामा बजेट विनियोजन गरिएको जानकारी दिनु भयो।
झण्डा र अण्डा कार्यक्रम लागू
गाउँपालिकाले गर्भवती महिलाहरूको पोषण र स्वास्थ्यलाई मध्यनजर गर्दै झण्डा र अण्डा कार्यक्रमू कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ। सो कार्यक्रम अन्तर्गत गर्भवती महिला भएको घरमा संकेत झन्डा राख्ने र १० क्रेट अण्डा निःशुल्क प्रदान गरिनेछ। साथै आङ खसेका महिलाको शल्यक्रिया गरिनुपर्ने अवस्थामा गाउँपालिकाले रु ५,००० बराबरको राहत सहयोग दिने व्यवस्था गरेको छ ।
उत्कृष्ट सेवाका लागि सम्मान
गाउँपालिकाले प्रत्येक वर्ष विभिन्न शाखाका कर्मचारीलाई उत्कृष्ट सेवा पुर्याएको आधारमा सम्मान गर्ने परम्परा कायम राख्दै आएको छ। गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ ९ छिन्ताङ० उपाध्यक्ष दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत जीवन राज अर्यालले यो वर्ष गाउँपालिका उत्कृष्ट एक नम्बर वडा अध्यक्ष सन्तमान थिङ , गाउँपालिका सूचना अधिकारी अर्जुन भुजेल, शिक्षा शाखा प्राविधिक सहायक चक्रबहादुर थापा, आन्तरिक लेखा परीक्षणका खगेन्द्र थापा, कार्यालय सहयोगी सिजन थिङ, हल्का सवारी चालक अस्वीर बल र राष्ट्रिय महिला स्वयंसेविका राममाया मुक्तानलाई सम्मानपत्र, दोसल्ला र नगदसहित सम्मान गरिएको हो ।
गाउँपालिकाले आगामी दिनमा पनि सामाजिक न्याय, स्वास्थ्य सुधार, सूचना प्रवाह र सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।खानीखोला गाउँपालिकाको औद्योगिकरण र कृषिमा आधारित उत्पादनलाई प्रवर्द्धन गर्ने भएको छ ।
स्थानीय उत्पादनमा आधारित औद्योगिकरणलाई प्राथमिकता दिँदै कफी, खुवा, तोरी, कोदोको रक्सी तथा बेलको जुसजस्ता उत्पादनहरूलाई गाउँमै प्रशोधन गर्ने योजना अघि सारेको छ।
गाउँपालिकाले “जसको उत्पादन उसैलाई अनुदान ” भन्ने नारालाई आत्मसात गर्दै कफीको उत्पादनमा प्रतिकिलो ३५ रुपैयाँ अनुदान प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेको छ। साथै, खुवा र कफीको स्थानीय ब्रान्ड निर्माण गर्दै बजार विस्तारको नीति समेत ल्याएको छ। यसका साथै, गाउँपालिकाका सातै वडामा सामुदायिक अध्ययन केन्द्र सञ्चालनमा ल्याइने भएको छ, जसले शिक्षासँगै उद्यमशीलताको विकासमा समेत योगदान दिने विश्वास लिएको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित