रोशीको आगामी बजेट ७२ करोड, एकल पुरुषलाइ भत्ता दिने प्रस्ताव

गाउँपालिकाको आन्तरिक श्रोतबाट मासिक १ हजार रुपैयाँ दिने प्रस्ताव गरेका हौं,’ गाउँपालिका अध्यक्ष दिने लामाले भने, ‘श्रीमती मृत्यु भएका, पारपाचुके भएका र विवाह नगरेका ६० बर्ष माथिका पुरुषको तथ्याकं लिएर मासिक भत्ता उपलव्ध गराउछौं

काभ्रेपलान्चोक / रोशी गाउँपालिकाले ६० बर्ष माथिका एकल पुरुषलाई ‘सामाजिक संरक्षण कार्यक्रम’मा आवद्ध गराएर मासिक भत्ता दिन प्रस्ताव गरेको छ ।

आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन प्रस्ताव गरेको हो ।

‘गाउँपालिकाको आन्तरिक श्रोतबाट मासिक १ हजार रुपैयाँ दिने प्रस्ताव गरेका हौं,’ गाउँपालिका अध्यक्ष दिने लामाले भने, ‘श्रीमती मृत्यु भएका, पारपाचुके भएका र विवाह नगरेका ६० बर्ष माथिका पुरुषको तथ्याकं लिएर मासिक भत्ता उपलव्ध गराउछौं ।’ ७० बर्ष माथि जेष्ठ नागरिक र ६० बर्ष माथिका दलित समुदायका नागरिकलाई संघीय सरकारले सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउँछ । गाउँपालिकाले यसअघि ६० वर्षमाथिका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्दै आएको छ ।

गाउँपालिका मतहतका सरकारी कार्यालयहरूमा आयातित पेयपदार्थ निरुत्साहित गरेर स्थानीय रैथाने पेयपदार्थ स्थानीय पेयपदार्थ दुध, दही, महीलगायतलाई प्रोत्साहन गरिने नीति छ ।

गाउँसभाको सत्रौं अधिवेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष दिनेश लामाले वार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष मिमबहादुर वाईबाले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि ७२ करोड चार लाख ३७ हजार बजेटसहितको विनियोजन विधेयक र आर्थिक विधेयकका साथै स्थानीय उद्योग दर्ता, सञ्चालन, व्यवस्थापन र नियमनसक्बन्धी विधेयक र जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण तथा उपयोगसम्बन्धी विधेयक र न्यायिक समितिको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रवक्ता वसन्तकुमार तामाङले बार्षिक प्रगति प्रतिवेदन र लेखा समिति संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष धनजीत लामाले बेरुजु फर्छाैटको लागि प्रस्ताव गरेका थिए ।

जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङ, वडाअध्यक्ष लालकुमार तामाङ लगायतले नगर सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments