महाभारतमा ‘कफी खेति’ दिर्घकालिन आम्दानीको नीति

महाभारत गाउँपालिकाले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा पनि ‘एक वडा एक कृषि उत्पादन’ अन्तर्गत ‘जसले रोप्छ कफीको बोट उसले पाउँछ रु बीस को नोट’ कार्यक्रम लागू गर्दै आएको छ

काभ्रेपलान्चोक। महाभारत गाउँपालिकाले कफी खेतीलाई आम्दानीको दीर्घकालिन श्रोत बनाउने नीति अपनाएको छ ।

गाउँ सभाको १७ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले प्रस्तुत गरेको बार्षिक नीति तथा कार्यक्रममा महाभारत गाउँपालिकाको कफीलाई ब्रान्डिङ गर्न कफी नर्सरी स्थापना, कफी बिरुवा, तालिम, तथा उपकरण वितरण कार्यक्रम सञ्चालन गरी कफी व्यवसायलाई थप व्यवस्थित र दिगो बनाउने प्रयास स्वरुप गाउँपालिकाभित्र कफी खेतीको प्रवद्र्धनमार्फत स्थानीय कृषकको जीवनस्तर सुधार गर्ने, युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षित गरी दीर्घकालीन आर्थिक स्रोत तय गर्ने गाउँपालिकाको प्रमुख उद्देश्य रहेको उल्लेख छ ।

महाभारत गाउँपालिकाले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा पनि ‘एक वडा एक कृषि उत्पादन’ अन्तर्गत ‘जसले रोप्छ कफीको बोट उसले पाउँछ रु बीस को नोट’ कार्यक्रम लागू गर्दै आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा १ लाख २५ हजारभन्दा बढी कफी बिरुवा वितरण, प्लास्टिक मल्चिङ सहित बगैंचा स्थापना, कफी नर्सरी स्थापना, पल्पर मेसिन, मिनी टिलर, ड्रम, थोप सिँचाइ जस्ता प्रविधिको प्रयोग, कृषक प्रशिक्षण, भ्रमण र परामर्श सेवा लगायतका कार्यक्रमहरू सञ्चालन गरेको थियो ।

गाउँपालिकाले घरमा नै सुत्केरी हुने अवस्था अन्त्य गर्न गर्भवती र सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवासहित संस्थागत सुत्केरी आमालाई पोषण खर्च वितरण लगायतका कार्यक्रमलाई निरन्तरता दिएको छ । गाउँपालिकाको आन्तरिक श्रोतबाटै बार्षिक डेढ किलोमिटर सडक कालोपत्रे वा ढलान गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको अध्यक्ष जिम्वाले जानकारी दिए ।

असार ९ गते नीति तथा कार्यक्रम सार्वजनिक गरेको गाउँपालिकाले असार १० गते मंगलबार (आज) विनियोजन विधेयक (बजेट तथा कार्यक्रम) प्रस्तुत गर्ने गाउँपालिका उपाध्यक्ष सागर मोक्तानले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments