नमोबुद्धको अनुमानित बजेट ८० करोड ७३ लाख

नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा भएको दोस्रो नगर सभाको सातौं अधिवेशनको पहिलो बैठकमा उपप्रमुख रत्न लामाले आगामी आर्थिक बर्ष २०८२/८३ को लागि आय र व्ययको अनुमान प्रस्तुत गरेका हुन्

काभ्रेपलान्चोक। नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्षको लागि ८० करोड ७३ लाख २३ हजार १ सय ६० को अनुमानित बजेट पेश गरेको छ ।

नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा भएको दोस्रो नगर सभाको सातौं अधिवेशनको पहिलो बैठकमा उपप्रमुख रत्न लामाले आगामी आर्थिक बर्ष २०८२/८३ को लागि आय र व्ययको अनुमान प्रस्तुत गरेका हुन् । चालुतर्फ १८ करोड ३२ लाख २६ हजार ५ सय ३१ रुपैयाँ र पुँजीगततर्फ ६२ करोड ४१ लाख ३६ हजार ६ सय २९ रुपैयाँको बजेट प्रस्ताव गरिएको छ ।

बैठकमा नगर प्रमुख कुनसाङ आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । गत असोज १० देखि १२ सम्मको अविरल बर्षापछि बाढी र पहिरोजन्य प्रकोपबाट नगरपालिकाको पूर्वाधार, विद्युत तथा संचार, कृषि तथा पशुपंक्षी, आवतजावत, आवास, बालीनाली, पशुपंक्षी लगायतको क्षेत्रमा अतुलनीय क्षति भएकोले आगामी नीति तथा कार्यक्रमलाई विपद् पश्चातको राहत वितरण, पुनस्र्थापना, संरक्षण, पुनरुत्थान, पुनर्लाभ तथा पुनर्निर्माणमा केन्द्रित गर्दै आहतमा परेका नगरबासीलाई राहत हुने राहत, रोजगारी, स्वास्थ्य, वातावरण संरक्षण, पूर्वाधार विकास, कृषि, शिक्षा र विपद् व्यवस्थापनमा जोड दिँदै नीति तथा कार्यक्रम तय गरिएको उनले जानकरी दिए ।

बैठकमा सार्वजनिक लेखा समितिका संयोजक एवं वडा नं ११ का वडाअध्यक्ष कृष्णबहादुर तामाङले आर्थिक बर्ष २०८०÷८१ को आर्थिक विधेयकका साथै महालेखा परिक्षकको अन्तिम प्रतिवेदन र वडा नं ९ का अध्यक्ष वीरबहादुर लामाले विनियोजन विधेयक प्रस्तुत गरेका थिए । न्यायिक समितिका संयोजक समेत रहेका उपप्रमुख रत्नबहादुर लामाले न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले चालु आर्थिक बर्ष २०८१/८२ को वित्तिय प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनका अनुसार, चालु आर्थिक बर्षको हालसम्मको अवधीमा ७९ दशमलव ५५ प्रतिशत वित्तिय प्रगति भएको छ । ७५ करोड ३ लाख १७ हजार ८ सय ७३ विनियोजन भएमध्ये यथार्थ प्राप्त भएको ६४ करोड ५७ लाख ९३ हजार ६ सय ८६ मध्ये हालसम्म ५९ करोड ३ लाख १७ हजार ८ सय ७३ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत गिरीले प्रतिवेदन प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments