यस वर्षको पहिलो टाइफुन, टाइफुन वुटिप नजिकिँदै गर्दा दक्षिण चीनको हाइनान प्रान्तमा दशौँ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
बिहीबार बिहानसम्ममा यस प्रान्तले निर्माण स्थलहरू, तल्लो बाढी प्रभावित क्षेत्रहरू र आकस्मिक बाढीको जोखिममा रहेका क्षेत्रहरूबाट कुल १६ हजार पाँच सय ६१ मानिसलाई खाली गराएको थियो ।
प्रान्तका सबै ३० हजार सात सय २१ माछा मार्ने जहाज या त बन्दरगाहमा फर्केका थिए वा अन्यत्र शरण लिएका थिए । जहाजहरूमा काम गरिरहेका ४० हजारभन्दा बढी मानिसलाई किनारबाट निकालिएको थियो ।
टाइफुन वुटिप बलियो हुँदै जाँदा प्रान्तीय मौसम विज्ञान सेवाले स्थानीय समयानुसार शुक्रबार ११ बजेसम्म तेस्रो स्तरको टाइफुन चेतावनी कायम राखेको छ ।
शुक्रबार १० बजेसम्म आँधीको केन्द्र लेडोङ ली स्वायत्त काउन्टी नजिकैको तटीय पानीमा अवस्थित थियो । यसको केन्द्र नजिकै अधिकतम निरन्तर हावा २८ मिटर प्रतिसेकेन्ड पुगेको थियो । आठ बजेसम्म प्रान्तका धेरै भागमा वर्षा हुने अपेक्षा गरिएको छ ।
दिउँसोको मौसम पूर्वानुमान अनुसार टाइफुन वुटिप पाँचदेखि १० किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरतर्फ बढ्ने अपेक्षा गरिएको छ । तीव्रतामा थोरै परिवर्तन भएको छ ।
वुटिपले शुक्रबार लेडोङ काउन्टी र डोङफाङ सहरको बीचको तटमा २५ देखि २८ मिटर प्रतिसेकेन्डको हावालाई समेट्ने गम्भीर उष्णकटिबन्धीय आँधीको रूपमा अवतरण गर्ने सम्भावना रहेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित