काठमाडौँ विश्वविद्यालयसभाको ९९ औँ बैठक

स्वरोजगामूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्रीको जोड

काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधि, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमुुल परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालयसभाको ९९ बैठकमा सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति ओलीले बेरोजगार हुने नभई रोजगार र स्वरोजगार हुन सक्ने खालको जनशक्ति उत्पादनमा लाग्न आग्रह गर्दै यस मामिलामा काठमाडौँ विश्वविद्यालयले गरेका प्रयास सकारात्मक भएको बताउनुभयो ।

उहाँले स्वास्थ्य शिक्षा र अन्य विषयका सन्दर्भमा आम विद्यार्थीको पहुँचवृद्धि गर्न र चिकित्सा शिक्षामा मात्रै दिइँदै आइएको ७५ प्रतिशतसम्मको छात्रवृत्तिका बारेमा पुनः विचार गर्नुपर्ने धारणा राख्नुुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति रघुजी पन्तले शैक्षिक सुधार र रुपान्तरणका लागि प्रधानमन्त्री ओलीले लिनुुभएको चासो र चिन्तालाई कार्यान्वयन गराउन आग्रह गर्दै मन्त्रालयका तर्फबाट नेपाललाई शैक्षिक हब बनाउन प्रयास गरिने बताउनुभयो ।

विश्वविद्यालयका उपकुुलपति प्रा डा अच्युतप्रसाद वाग्लेले शिक्षणका साथै अनुसन्धानात्मक विश्वविद्यालयको अवधारणालाई व्यवहारमा अनुवाद गर्ने नीति अनुरुप काम गरिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments