मधेस प्रदेश सभाका सदस्य दीपेन्द्र कुमार ठाकुर विरुद्ध भ्रष्टाचार कसुरमा मुद्दा दायर

काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डि.एण्ड एन. बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक तथा हाल नेकपा एमालेका मधेस प्रदेशका संसदीय दलका उपनेता दीपेन्द्र कुमार ठाकुर विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

ठाकुर धनुषा ३(२) बाट निर्वाचित सांसद हुन् । ठाकुरसहित १७ जनाविरूद्ध भष्टाचारको मुद्दा दायर भएको हो।

औरही गाउँपालिकाको १५ शय्या अस्पताल भवन निर्माणमा अनियमितताको आरोपमा ठाकुरसहित १७ जनाविरूद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

Lahachhap

६ करोड ७९ लाख १२ हजार ३८३ विगोसहित मुद्दा दायर गरिएको अख्तियारका सूचना अधिकारी राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

ठाकुर धनुषा क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित सांसद हुन्। ठाकुरविरूद्ध भष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वत: निलम्बनमा परेको छ।

हेर्नुहोस आरोपपत्रः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments