गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

गण्डकी/ गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ । यही जेठ २१ गते प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि दुई दिनसम्म छलफल भएपछि आजको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको हो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भनी प्रदेशसभामा पेस गर्नुभएको प्रस्तावलाई बहुमत सदस्यले समर्थन गरेका थिए । त्यस क्रममा मुख्यमन्त्री पाण्डेले सङ्घीय सरकार र स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा अगाडि बढ्ने बताउनुभयो । उहाँले आत्मनिर्भर प्रदेशको आधार तयार गर्ने गरी नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो ।

“स्रोत र राजस्व वृद्धिमा विशेष ध्यान दिइएको छ, लगानीमैत्री वातावरण बनाई आर्थिक विकास र रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता छ ।” त्यसअघि नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरूले विभिन्न धारणा राख्नुभएको थियो ।

प्रदेशसभा सदस्य हरिबहादुर चुमानले नीति तथा कार्यक्रम ठोस र मूर्त रूपमा आउन नसकेको बताउनुभयो । उहाँले कार्यान्वयनयोग्य कार्यक्रम घोषणा गर्न प्रदेश सरकारलाई सुझाव दिनुभयो ।

प्रदेशसभा सदस्य नन्दप्रसद न्यौपानेले उद्देश्यपरक रूपमा नीति तथा कार्यक्रम आएको र यसले प्रदेशको दिगो विकासको मार्गचित्र कोरेको धारणा राख्नुभयो । प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपालीले नीति तथा कार्यक्रमले प्रदेशलाई नयाँ दिशानिर्देश गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments