कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

कर्णाली/ कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनअन्तर्गत आज बसेको बाह्रौँ बैठकमा सभामुख नन्दा गुरुङले मुख्यमन्त्री यामलाल कँडेललाई ‘आव २०८२/८३ को नीति तथा कार्यक्रम पारित गरियोस्’ भनी सभामा प्रस्ताव गर्न समय दिनुभयो ।

मुख्यमन्त्री कँडेलले ‘प्रदेशसभा नियमावली, २०८१ को नियम ३९ को उपनियम ४ बमोजिम नीति तथा कार्यक्रम पारित गरियोस्’ भनी सभासमक्ष प्रस्ताव गर्नुभयो ।

तत्पश्चात् सभामुख गुरुङले ध्वनि मतका आधारमा प्रस्तावबारे निर्णय लिनुभएको थियो । प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यहरूले इन्कार गरे पनि सत्ता साझेदार दलका सदस्यहरूको ध्वनि मत बहुमत भएको भन्दै सभामुख गुरुङले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभयो । प्रदेशसभाको अर्को बैठक यही सोमबार दिउसो ३ः०० बजे बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments