टिपरको ठक्करबाट भिआइपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानको मृत्यु

जनकपुरधाम/ सर्लाहीमा टिपरको ठक्करबाट मुस्लिम आयोगका सदस्य मोहम्द सम्सुल हकको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।

मंगलबार दिउँसो करिब सवा १ बजे ईश्वपुर नगरपालिका–५ फूलजोर चोकमा लालबन्दीबाट पूर्वतर्फ आउँदै गरेको ना १ क ८५२० नम्बरको टिपरले बीआर ०१ एफजे ६९६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बाजुरा बडिमालिका नगरपालिका–६ घर भएका प्रहरी जवान अन्दाजी ३० वर्षीय मिनबहादुर दानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते भएका दानीको उपचारको क्रममा एलएस न्यूरो अस्पताल बारामा उपचारको क्रममा साँझ ५ बजेर २० मिनेटमा मृत्यु भएको हो।

सशस्त्र प्रहरी गण नं. १ गुल्म नं. २ नक्साल दरबन्दी रहेका प्रहरी जवान दानी सर्लाहीको मलंगवा–३, बस्ने मुस्लिम आयोगका सदस्य मोहम्द सम्सुल हकको व्यक्तिगत सुरक्षामा खटिएका थिए।

प्रहरी जवानलाई ठक्कर दिने टिपर र टिपर चालक लालबन्दी नगरपालिका–१७ रानीगञ्ज बस्ने ३६ वर्षीय नारायणदत्त श्रेष्ठ जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments