काठमाडौं/ यातायात व्यवसायीहरूले जारी आन्दोलन फिर्ता लिएका छन् । भोलि देखी देशभर सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले आन्दोलन फिर्ता लिइएको जानकारी दिएका छन् ।
आफ्ना माग पूरा नभएका भन्दै यातायात व्यवसायीले जेठ १६ गतेदेखि गण्डकी प्रदेश र जेठ १९ गतेदेखि देशभर सार्वजनिक यातायात बन्द गर्दै आएका हुन् ।
सोमबार राति सङ्घ सरकार र व्यवसायीबीच सहमति भए पनि प्रदेश सरकारले निर्णय नगरेसम्म बन्द जारी रहने भन्दै आज पनि व्यवसायीले देशभर यातायात बन्द गरेका छन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित