सूचना प्रविधिका क्षेत्रमा भएका नयाँ-नयाँ प्रयोगमार्फत स्वास्थ्य सेवा सहज र छरितो बनाउन अस्पतालहरुलाई आग्रह
काठमाडौं/ विभिन्न अस्पतालहरुले विद्युतिय माध्यमबाट प्रदान गर्दै आइरहेको स्वास्थ्य सेवालाई अझ बढी छरितो र विश्वसनिय बनाउने उद्देश्यले मेड आईक्यू प्रालिले ‘हस्पिटल अपरेटिङ सिस्टम’ नामक अत्याधुनिक सफ्टवेयर निर्माण गरेर बजारमा ल्याएको छ ।
नेपाल सरकारले विसं २०८१ सालमा जारी गरेको एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका बमोजिम मेड आईक्यूले हेल्थ कन्सर्न नेपालको सहकार्यमा उक्त सफ्टवेयर तयार पारेको हो ।
‘हस्पिटल अपरेटिङ सिस्टम’ सफ्टवेयरका विषयमा जानकारी गराउने उद्देश्यले कम्पनीले मंगलबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा हेल्थ कन्सर्न नेपालका संस्थापक डा. सुवास प्याकुरेलले ‘हस्पिटल अपरेटिङ सिस्टम’ सफ्टवेयरले स्वास्थ्यकर्मीको समय बचत गर्ने, प्रयोगकर्ता मैत्री र विश्वसनिय भएको जानकारी गराउँदै ठूला अस्पतालसँगै क्लिनिक, ल्याब, फार्मेसी , पालिका अस्पताल र सामुदायिक अस्पतालहरुका लागि निकै समेत यो सफ्टवेयर उपयोगी रहेको बताए ।
अहिलेको समयमा सुचना प्रविधिबाट कोही पनि भाग्न नसक्ने बताउँदै सूचना प्रविधिका क्षेत्रमा भएका नयाँ-नयाँ प्रयोगमार्फत स्वास्थ्य सेवा सहज र छरितो बनाउन डा. प्याकुरेलले अस्पतालहरुलाई आग्रह गरे ।
कम्पनीकी प्रमुख कार्यक्रम अधिकृत सृष्टि पन्तले नेपालमा मात्र सीमित नरहेर बिदेशमा समेत बजार प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको सफ्टवेयरले स्वास्थ्य संस्थाहरुलाई सूचना प्रविधिमा आधारित भएर छरितो र गुणस्तरीय सेवा प्रदान गर्न सहज हुने जानकारी दिइन ।
हेल्थ कन्सर्नको सहकार्यमा यसको नेटवर्क आइटी कम्पनी मेड आइ क्यु प्रालिले लामो खोज र अनुसन्धान गरि सफ्टवेयरको विकास गरेको पन्तले बताइन् ।
पत्रकार सम्मेलनमा कम्पनीका जनसम्पर्क निर्देशक मिलनचन्द्र खनालले प्रविधिको विकाससँगै स्वास्थ्य संस्थाहरु पनि प्रविधि मैत्री भएर अगाडि बढ्नु पर्ने आवश्यकता माथि जोड दिए ।
कार्यक्रममा नयाँ सफ्टवेयर धेरै महँगो नभएको, प्रयोगकर्तालाई सिक्न धेरै समय नलाग्ने, सजिलै विरामीको सबै रेकर्ड राख्न मिल्ने जस्ता १० वटा फिचर भएको कम्पनीकी प्रमुख कार्यक्रम अधिकृत पन्तले जानकारी दिइन ।
मेड आईक्यूले यो भन्दा पहिले पनि अस्पतालहरुका लागि आवश्यक पर्ने सफ्टवेयर निर्माण गरेर बजारीकरण गरिसकेको छ । हस्पिटल अपरेटिङ सिस्टम नयाँ चुस्त, दुरुस्त र छिटो छरितो रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन तयार पारिएको सफ्टवेयर रहेको कम्पनीको दाबी छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित