सिथी नखः पर्वमा बेलायतको थेम्स नदी र वाग्मती नदीलाई भगिनी नदीका रुपमा वैधानिक मित्रता कायम

काठमाडौँ/ ढुङ्गेधारा, इनार सफा गर्ने दिन (सिथी नखः) पर्वका अवसरमा आज टेकुस्थित वाग्मती र विष्णुमती नदीको दोभानमा विभिन्न २३ नदीबाट ल्याइएको शुद्ध जल हालिएको छ ।

नेपाल नदी संरक्षण संस्थाको सक्रियतामा ठूली भेरी, बूढीगङ्गा, अरुण, कोशी, राप्ती, लोती कर्णाली, हुम्ला कर्णाली, सेती कर्णाली, सेती गण्डकी, सुनकोशी, आँधी खोला, पश्चिम सेती, तिला कर्णाली, महाकाली, मोदी खोला, वाग्द्वार, मस्र्याङ्दी, त्रिशूली, सानी भेरी, इन्द्रावती, काली गण्डकी, लोहरे खोला एवं इन्द्रावती नदीबाट ल्याइएको जल वाग्मती, विष्णुमती दोभानमा हाली नदी स्वच्छ बनाउने सङ्कल्प गरिएको हो ।

सो अवसरमा २५ औँ संस्करणको वाग्मती नदी महोत्सव पनि गरिएको संस्थाका अध्यक्ष मेघ आलेले जानकारी दिनुभयो ।

टेकु दोभानमा पूर्वयुवा तथा खेलकुदमन्त्री एवं सांसद विराजभक्त श्रेष्ठ, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हिरालाल तण्डुकार, वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जन, ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेश महर्जन, वडाका सदस्य, वडावासी, नदी संरक्षण संस्थाका अध्यक्ष आले, महासचिव राजीव पौडेल एवं वाग्मती सफाइ अभियानकर्मीहरुको सक्रिय सहभागिता रहेको थियो ।

सो अवसरमा बज्राचार्य गुरुबाट पूजाआजा एवं पाठ पनि गरिएको थियो । धिमे बाजाका साथ पैदल यात्रा गरी ललितपुर जिल्लाको सानेपास्थित राजतीर्थलाई परिक्रमा पनि गरिएको थियो ।

आजकै दिन बेलायतको थेम्स नदी र वाग्मती नदीलाई भगिनी नदीका रुपमा वैधानिक मित्रता पनि कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments