निष्पक्ष न्याय सम्पादनमा जोड

गण्डकी/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निष्पक्ष न्याय सम्पादन गरी नागरिकलाई न्याय सुनिश्चित गर्नु न्यायिक समितिको कर्तव्य भएको बताउनुभएको छ ।

पोखरा महानगरपालिका, न्यायिक समितिको आयोजना तथा सामुदायिक मेलमिलापकर्ता समाज नेपालको समन्वयमा सञ्चालित मेलमिलापसम्बन्धी तालिमको आज यहाँ भएको समापन समारोहमा उहाँले संविधान र कानुनप्रतिको विश्वास, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायिक सुशासनको मूल्य मान्यता अङ्गीकार गरी कानुनको परिपालना गर्दै समितिले निष्पक्ष न्याय सम्पादन गर्नुुपर्ने बताउनुभयो ।

सामुदायिक मेलमिलापसम्बन्धी असल अभ्यासका पक्षलाई राम्रोसँग ग्रहण गर्न सक्नुपर्नेमा जोड दिँदै उहाँले स्थानीयस्तरमा न्यायिक निरूपणमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । स्थानीयस्तरमा हुनेगरेका विवादको न्यायिक निरूपण गर्न र मेलमिलाप मध्यस्थताको लागि मेलमिलापकर्तालाई तालिम महत्वपूर्ण र आवश्यक रहेको उहाँले बताउनुभयो ।

पोखरा महानगरपालिकाका उपप्रमुुख मञ्जुदेवी गुरुङले न्यायिक समितिको भूमिकालाई अझ प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments