एक लाल सुन बेच्दा पनि सयकडा २ सरकारलाई तिर्नै पर्ने

काठमाडौँ / विगतमा किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क लाग्ने भएको छ । सरकारले आर्थिक विधेयकमार्फत सुनको बिक्री गर्दा विलासिता करका लागि तोकिएको सीमा हटाउँदै सबैलाई कर लाग्ने व्यवस्था गरेको हो ।

यसअघि १० लाख रुपैयाँ वा सोभन्दा धेरै मूल्यको सुन बिक्री गर्दा मात्रै यस्तो शुल्क लाग्दै आएको थियो । अब जति सुन बिक्री गर्नुपर्दा पनि सो बराबरको शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

यो व्यवस्थाले थोरै परिमाणमा बिक्री गर्ने ग्राहकलाई मर्का पर्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।

गत वर्ष वर्षमान पुन अर्थमन्त्री हुँदा यो व्यवस्था ल्याएका थिए । यसलाई हटाउन माग गर्दै आएकोमा उल्टै साना ग्राहकलाई समेत मर्का पर्ने गरी करको दायरा हेरफेर भएको शाक्यको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments