काभ्रेपलाञ्चोक/जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका) को सहयोगमा ३ अर्ब ८० करोड रुपैंयाको लगानीमा बन्न लागेको धुलिखेल अस्पताल ट्रमा तथा इमरजेन्सी सेन्टरको शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओलाी आज बिहान साढे ११ बजे धुलिखेल आउँदैछन् ।
मध्यपहाडी जिल्लाहरु लक्षित गर्दै निर्माण हुन लागेको यो सेन्टरका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परियोजनाको कार्यकारी निकाय र धुलिखेल अस्पताल कार्यान्वयन निकायको रुपमा रहने उल्लेख छ ।
अस्पताललाई चाहिने अत्याधुनिक उपकरणहरु जस्तै सि.टि स्क्यान, एम.आर.आई मेसिन, शल्यक्रिया कक्ष, भेन्टिलेटर, एक्सरे मेशिन लगायत अस्पतालको बेडहरु सहित जुन २०२७ मा भवन निर्माण सम्पन्न गरि हस्तान्तरण गर्ने जापानीजहरुको कार्यतालिका रहेको छ ।
गम्भीर चोटपटक र आकस्मिक स्वास्थ्य समस्याको लागि उपयुक्त उपचार प्रदान गर्ने उद्देश्यले धुलिखेल अस्पताल ट्रमा तथा इमरजेन्सी सेन्टरको अवधारणा सन् २०१४ मा सम्बन्धित निकायहरु मार्फत् र जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी नेपाल लाई प्रस्तुत गरिएको थियो ।
यस धुलिखेल अस्पताल ट्रमा तथा इमरजेन्सी सेन्टरको सञ्चालन पछि काभे्रपलाञ्चोक, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर बाहेक वि.पि राजमार्गले जोड्ने तराईका जिल्लाहरुका गम्भीर घाइते र आकस्मिक स्वास्थ्य उपचार तत्काल आवश्यक भएका विरामीहरुले समयमै सेवा र सुविधा पाउने आशा र विश्वास धुलिखेल अस्पतालले लिएको उल्लेख छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित