काठमाडौँ / काठमाडौँ महानगरपालिकाले सिप मेलाका लागि ८ वटा पेशासँग सम्बन्धित तालिम थप गरेको छ । यसअघि आइसीटी क्षेत्रमा छानिएका ५ वटा पेशामा ७ वटा पेशा थप गरेर १२ वटा बनाएको छ । थपिएका पेशामा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स डिजाइन रहेका छन् ।
यस क्षेत्रमा डिजिटल मार्केटिङ्, ड्रोन, रोवोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआइ) र यसको प्रयोग (एआइ एण्ड इट्स एप्लिकेसन) गरी ५ विधाका तालिम गर्ने तयारी थियो । यस्तै व्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (नक्कली कपाल बनाउने) पेशा थप भएको छ । यसमा सौन्दर्यकर्मी, मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (वार्वर) गरी ४ पेशा राखिएका थिए ।
तालिममा भाग लिन चाहनेका लागि अनलाइन आवेदन खुला भइसकेको छ । अनलाइन फाराम भर्न नजान्ने तथा कठिन हुनेहरुका लागि सहजीकरण गर्न भोलि राष्ट्रिय सभा गृहमा सहायता कक्ष राख्ने योजना गरिएको समितिका सदस्य विवेक बास्तोलाले जानकारी दिनुभयो । अहिलेसम्ममा ३५ सय ७६ जनाले अनलाइन आवेदन दिइसक्नुभएको छ । यसमा सबैभन्दा धेरै माग डिजिटल मार्केटिङ्को छ । यसपछि क्रमशः बारिस्ता, एआइ, वेकरी र व्युटिसियनको छ ।
महानगरपालिकाले सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर निःशुल्क तालिम सञ्चालन गर्न लागेको हो । यस वर्ष २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखिएको छ ।
काठमाडौँ महानगरपालिकाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडक पेटीमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरुलाई तालिमको प्राथमिकतामा राखिनेछ ।
१८ वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई तालिममा सहभागी गराइनेछ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित