काठमाडौँ / “कृषि क्षेत्रका चुनौती, सम्भावना र नवप्रवर्तनको खोजी” विषयक छलफल कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले कृषि क्षेत्रको दिगो विकासका लागि नीति, प्रविधि, बजारीकरण, बिमा र सहजीकरणका पक्षमा सरकारको स्पष्ट कदम आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा नेपाल कुचो संघ, रुद्राक्ष व्यवसायी संघ, नेपाल यार्सागुम्बा संघ तथा नेपाल डेरी एसोसिएसनको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सहभागी सरोकारवालाहरूले आ–आफ्ना क्षेत्रका समस्या, चुनौती र सम्भावना स्पष्ट रूपमा राखेका थिए । कार्यक्रममा ३० ओटाभन्दा बढि कृषिसंग आबद्ध संस्थाहरु सहभागी रहेका थिए ।
नेपाल पलाइउड एसोसिएसनका अध्यक्ष होमप्रसाद घिमिरेले यस क्षेत्रमा बिमाको व्यवस्था नभएको बताउँदै सरकारले अध्ययन गरेर सहजीकरण गर्नुपर्ने धारणा व्यक्त गरे। उनले पलाइउडमा ध्यान दिन सके यसले राजस्व र रोजगारीमा योगदान पुर्याउने बताए ।
नेपाल बिउ व्यवसायी संघका अध्यक्ष सुरेश गुरुङले सरकारी लापरवाहीका कारण अर्बौंको बीउ विदेशबाट आयात भइरहेको बताउँदै रैथाने बीउको संरक्षण र प्रवर्धनमा जोड दिए ।
नेपाल कृषि मेशिनरी व्यवसायी संघकी उपाध्यक्ष सुनिता नेम्हाफुकीले सार्वजनिक खरिद ऐनले व्यवसायीलाई अवरोध गरेको भन्दै ऐन सुधारको माग गरिन् । उनले करार खेतीलाई प्रोत्साहन गर्नुपर्ने र मेसिनरी उपकरणको गुणस्तरमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन् ।
त्यस्तै नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले जलवायु परिवर्तनका कारण पछिल्लो समय उत्पादनमा ह्रास आएका बताउँदै सरकारले जलवायु मैत्री किरा, उपचार गरिएका विरुवा उत्पादन गनुपर्ने बताए । उनले अलैँचीको क्षेत्रमा बिमा गर्न कम्पनीहरुले वास्ता नगर्दा किसानहरु समस्या परेको र तत्काल सरकारले सो विषयमा ध्यान दिन आग्रह गरे । उनले कृषिजन्य वस्तुहरु निर्यात गर्नको लागि अन्य देशहरुको मापदण्ड पूरा गर्न ल्याब टेष्ट नभएको बताउँदै त्यसमा पनि ध्यान दिन आवश्यक रहेको बताए ।
बिउ व्यवसायी संघका निवर्तमान अध्यक्ष बसन्त मरहठाले आउँदै गरेको कृषि ऐन किसान र क्षेत्रमैत्री हुनुपर्ने माग गर्दै बीउ संरक्षण र उत्पादन वृद्धिमा जोड दिए ।
फ्लोरिकलचर एसोसिएसन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले सरकारले लगाएको १३% भ्याटका कारणले पुष्प व्यवसाय ओराले लागेको र क्वारेन्टाइनले गर्दा पुष्पको निर्यात ठप्प भएको बताए ।
त्यस्तै कार्यक्रममा नेपाल कोल्ड स्टोरेज संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठले विद्युतको महशुल चर्काे भएकोले कृषिजन्य उत्पादितद उपजहरुको भण्डार गर्न नसकिरहेकोले कोल्ड स्टोरेज सञ्चालन गर्न कठीन भएको र कृषिजन्य उत्पादनको बिमा सम्बन्धी कानूनी व्यवस्था नभएको हँुदा कृषकहरु समस्यामा परेको बताए ।
नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओमनाथ अधिकारीले मध्ये पहाडी क्षेत्रलाई कफि पकेट जोन घोषण गर्न माग गरेका छन् । उनले नेपालमा कफिको सम्भावना विभिन्न ठाउँमा रहेका बताउँदै सरकारले त्यसको लागि आवश्यक पहल गर्नुपर्ने बताए । उनले कफि क्षेत्रको लागि बिमाको व्यवस्था सरकारले गरेपनि बिमा कम्पनीहरुले चासो नदिएका बताए । उनले सरकारले कफि निर्यातको लागि आवश्यक पहल गर्न सरकारलाई आवश्यक पहल गर्न आग्रह गरे ।
नेपाल सुपारी उत्पादक तथा व्यवसायी संघका अध्यक्ष देवी प्रसाद खतिवडाले सुपारीको लागि मुख्य बजार भारत रहेकाले सरकारले निर्यातको लागि सहजीकरण गर्न लागि आवश्यक पहल गर्न आग्रह गरे । खतिवडाले सुपारीको दाना बाहेक त्यसको पातको दुना टपरी बाहेक अन्य विभिन्न किसिम्मका समाग्री बनाउन सकिने बताए । उनले आगामी दिनमा सरकारले किसानलाई आवश्यक सहजीकरण गरेर यसको व्यवसायीक खेती तर्फ ल्यौजान आग्रह गरे ।
नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाले कृषि क्षेत्रको गुणस्तरमा एकरुपता ल्याउन आवश्यक रहेको बताए । उनले नेपालमा ल्याबको समस्या रहेको बताउँदै उचित ल्याबको व्यवस्था गर्न आग्रह पनि गरे । उनले नेपालबाट कृषिजन्य उपजको निर्यात गर्न प्रमाण्किरण गर्नुपर्ने व्यवस्था भएता पनि त्यसको लागि झनझट रहेको बताउँदै यसका लागि आवश्यक पहल गर्न आग्रह गरे ।
यता कनेक्ट किसानका कार्यकारी निर्देशक राजन दाहालले कृषकलाई प्रविधिसँग जोडेर उत्पादन बढाउनुपर्ने बताउँदै प्रविधि हस्तान्तरणमा सरकारको सक्रियता आवश्यक भएको धारणा राखे ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नरेशलाल श्रेष्ठले कृषि क्षेत्रको हुँदा मात्र समग्र देशको विकास हुने र यसमा महासंघले विशेष ध्यान दिनेछ भन्दै हामी सबैको अत्यावश्यक कृषि भएकोले यसभित्र रहेका हरेक समस्या सरकारले चासोका साथ हेर्नु पर्छ भन्ने कुरा बताउँदै उत्पादन बढाउन भूमि बैंकको अवधारणामा जानुपर्ने र बाँझो जग्गा राख्नेहरूलाई कारबाही गर्नुपर्ने बताए ।
बताए । केन्द्रिय सदस्य रविन पुरी, अरनिको राजभण्डारी, पशुपति देव पाण्डे लगायतले पनि कृषि क्षेत्र अत्यन्तै महत्त्वपूर्ण क्षेत्र हो भन्ने कुरा सबैले बुझ्दा बुझ्दै पनि खास काम हुन नसकेको र अहिले पनि अर्बौंको खाद्यान्न बाहिरबाट आयात गर्नु पर्ने अवस्था आउनु अत्यन्तै दु:खद कुरा भएको र यसको जिम्मेवार हामी सबै भएको कुरा बताउँदै आउँदा दिनमा सरोकारवालाहरु सबै मिलि सरकारलाई सम्झाउन र बुझाउन दबाब मुलक कार्यक्रम आवश्यक रहेका जस्ता कुरा राखेका थिए ।
निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले किसानको हकहितमा आवाज उठाउने सबै संघ संस्था एक भएर विदेशीएका युवाहरुलाई रोक्न आवश्यक रहेको बताए । उनले विदेशबाट वर्षेनि अर्बौ रुपैयाँको मल आयात भएको बताउँदै उक्त आयातलाई रोक्नको लागि स्वदेशमा नै केही गर्नुपर्ने सुझाव दिए ।
नेपाल कत्था संघका अध्यक्ष शिवप्रसाद घिमिरेले निर्वाहमुखी कृषिबाट व्यवसायीमुखी कृषिमा रूपान्तरण गर्नुपर्ने र कृषि उपज ढुवानीका लागि ‘कृषि नम्बर प्लेट’ लागू गर्नुपर्ने माग गरे।
नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले कृषिसँग आवद्ध संघ संस्था अध्यक्ष एंव प्रतिनिधिले उठाएका विषयको सम्बोधन गर्न सरकार समक्ष लबिङ गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले कृषि उद्यम केन्द्रले विगतमा पनि किसानका समस्या समाधान गर्न पहल गरेको बताए ।
त्यसैगरि नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि हेमराज ढकालले अगामी दिनमा किसानका समस्या समाधान गर्न महासंघले कृषि क्षेत्रसँग सम्बन्धीत संघ संस्थासँग छलफल गरेर अघि बढ्ने बताए । उनले सरकारले पनि कृषि क्षेत्रलाई व्यवस्थित नीति तथा कार्याक्रम ल्याएर अघि बढाउनुपर्ने सुझाव दिए ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले डेरी क्षेत्रमा मोही प्रवर्धनका लागि एसोसिएसनले गरेका कार्यक्रमबारे जानकारी दिँदै यसको बजार विस्तारमा सरकारको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा सहभागीलाई मोहीसहितका कृषिजन्य उपहार प्रदान गरिएको थियो ।
सहभागी सरोकारवालाहरूले कृषि क्षेत्रमा नीतिगत स्पष्टता, प्रविधिको हस्तान्तरण, गुणस्तरीय उत्पादन, बिमा, ल्याब परीक्षण, बजारीकरण र सरकारी सहजीकरणका लागि समन्वित प्रयास अपरिहार्य रहेको साझा धारणा व्यक्त गरे।
कार्यक्रमका सभापति राजकुमार कार्कीले समापन एवं धन्यवाद राख्दै नेपाल कुचो व्यवसायी संघका अध्यक्ष राजकुमार कार्कीले सहभागीहरूलाई आगामी दिनमा पनि यस्ता बहसात्मक कार्यक्रम निरन्तर गरिने जानकारी दिए ।
कार्यक्रममा स्वागत मन्तव्य यार्सागुम्बा एसोसिएसनका अध्यक्ष निराजन चलाउनेले स्वागत मन्तव्य राखेका थिए भने रुराक्ष व्यवसायी संघका अध्यक्ष मनोज चापागाईंले कार्यक्रम संचालन गरेका थिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित