काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

यस्तै गत वैशाख अन्तिम साता जिल्लाको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकालाई जिल्लामा दोस्रो पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको थियो । गाउँपालिकाले जन्मेदेखि १५ महिना र १६ देखि ५९ महिनामुनिका सम्पूर्ण बालबालिकालाई खोप लगाएकाले पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको जनायो ।

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको तीन स्थानीय तहलाई यस आर्थिक वर्षमा पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ । जिल्लाको १३ तहमध्ये नमोबुद्ध नगरपालिका, भुम्लु गाउँपालिका र मण्डनदेउपुर नगर पालिकालाई पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको हो ।

मण्डनदेउपुर नगरलाई एक कार्यक्रमकाबीच नगरप्रमुख एवं नगरस्तरीय खोप समितिका संयोजक टोकबहादुर वाइबा तथा जिल्ला खोप समन्वय समितिका संयोजक दीपककुमार गौतमको उपस्थितिमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरियो । उक्त नगर पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने स्थानीय तहमध्ये जिल्लामै तेस्रो नम्बरमा पर्न सफल भएको छ । गौतमले नागरिकको सेवामा जनप्रतिनिधि दत्तचित्त रहन सुझाव दिनुभयो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठले अबका केही महिनामा जिल्लाका सबै तहलाई यस अभियानमा संलग्न गराइने बताउनुभयो । हाल उक्त नगरमा १५ महिनामुनिका ३५२, १६ देखि २३ महिनासम्मका २३६ र २४ देखि ५९ महिनासम्मका एक हजार १०७ जना बालबालिकालाई पूर्ण खोप सुनिश्चित भएको नगर स्वास्थ्य शाखाले जनाएको छ । राष्ट्रिय खोप निर्देशिकाअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी नगरलाई पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको हो ।

यस्तै गत वैशाख अन्तिम साता जिल्लाको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकालाई जिल्लामा दोस्रो पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको थियो । गाउँपालिकाले जन्मेदेखि १५ महिना र १६ देखि ५९ महिनामुनिका सम्पूर्ण बालबालिकालाई खोप लगाएकाले पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको जनायो ।

चालु आवमा भने नमोबुद्ध नगरलाई गत वैशाख १७ गते जिल्लामा पहिलो पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको थियो । यस वर्ष तोकिएका उमेर समूहका नगरका ४७० बालबालिकालाई शतप्रतिशत खोप लगाएपछि पूर्ण खोप सुनिश्चित नगर घोषणाा गरिएको हो ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments