काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवलाई घुसको रकमसहित नियन्त्रणमा लिएको छ ।
खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आयोगको मुख्यालय टंगालबाट खटिई गएको टोलीले इन्जिनियर यादवलाई सेवाग्राहीबाट ५ लाख ७० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला भक्तपुर, मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थलीबाट बिहीबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका हुन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित