गंगा दशहराको तयारीमा बल्थलीको लड्केश्वर धाम, देशभरबाट तीर्थालु बोलाइँदै

पनौती-११, बल्थलीको ऐतिहासिक लड्केश्वर धाममा यस वर्षको गंगा दशहरा मेला विशेष कार्यक्रमसहित आयोजना हुँदैछ ।

Lahachhap

२०८२ सालको जेष्ठ १४ गतेदेखि आरम्भ हुने मेलामा देशैभरबाट विद्वान, साधक र श्रद्धालुहरूलाई निमन्त्रणा गरिसकिएको आयोजकले बताए ।

Lahachhap

गत वर्ष सम्पन्न भएको राष्ट्रिय कोटिहोमपछि लड्केश्वर धामलाई “विश्वकै एकमात्र कालाग्निरुद्र पीठ” को रूपमा स्थापित गरिँदैछ ।

Lahachhap

यसै अवसरमा पीठाधीश मुकुन्द शर्मा हुमागाईंले धार्मिक सुझाव तथा जनसहभागिताका लागि खुला आह्वान गरेका छन् ।

Lahachhap

मेलामा विभिन्न पूजाआर्चना, साधना, र लक्षहवन कार्यक्रम हुने बताइएको छ । धार्मिक पर्यटनको सम्भावना बोकेको लड्केश्वर धाम अब नेपालभित्रको प्रमुख आध्यात्मिक गन्तव्य बन्ने दिशामा अघि बढेको देखिन्छ ।

Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments