आज अपराह्न काठमाडौँ आइपुग्नुभएका मन्त्री यादवलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गर्नुभएको थियो
काठमाडौँ। भारतका वातावरण, वन तथा जलावायु परिवर्तन मन्त्री भूपेन्द्र यादव नेपाल भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको छ ।
उहाँ सगरमाथा संवादमा सहभागी भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउनुभएको हो । आज अपराह्न काठमाडौँ आइपुग्नुभएका मन्त्री यादवलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गर्नुभएको थियो ।
सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सुरु हुँदैछ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित