बनेपामा ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियो निर्माण सुरु हुने भएपछि चलचित्रकर्मी उत्साहित

‘सि’ अर्थात् ‘सिनेमा’ र नेपाल भाषामा ‘नेपाः’ अर्थात् ‘नेपाल’ राखेर स्टुडियोको नामाङ्कन ‘सिनेपाः’ गरिएको हो ।

काठमाडौँ/‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियो निर्माण सुरु भएपछि चलचित्रकर्मीमा उत्साह थपिएको छ । मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा चलचित्र विकास बोर्डले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपामा निर्माण हुने उक्त स्टुडियोको निर्माण आरम्भ भएको उद्घोष गर्नुभएको थियो ।

बनेपा नगरपालिका वडा नं १० र १३ मा पर्ने बहुनडाँडामा करिब ४२ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त स्टुडियोले चलचित्रकर्मीलाई छायाङ्कनलगायतको प्रयोजनका लागि सहयोगी हुने विश्वास गरिएको छ । स्टुडियो निर्माणका लागि झन्डै रु ३७ करोड लागत अनुमान गरिएको छ ।

अभिनेता तथा निर्देशक नीर शाहले छ दशकदेखि अभाव बल्ल पूरा हुने आशा पलाएको प्रतिक्रिया दिनुभयो । आफू विसं २०२२ मा एउटा चलचित्र छायाङ्कनका लागि नेपाल बाहिर जानुपर्ने अवस्थालाई स्मरण गर्दै उहाँले आगामी दिनमा प्रविधियुक्त स्टुडियो निर्माण गरेर विदेशी चलचित्रकर्मीलाई आकर्षित गर्नुपर्ने बताउनुभयो ।

“ढिलै भए पनि हामीले स्टुडियो बनाउने उद्घोष गरेका छौँ । यो एउटा नयाँ युगको सुरुआत हो । यसबाट हामीले आफ्ना नवीनतम् कामलाई सुरुआत गर्न सक्छौँ”, अभिनेता शाहले भन्नुभयो । उहाँले सरोकारवाला निकायले उत्तरदायी भूमिका निर्वाह गरेकै कारण स्टुडियो निर्माण प्रारम्भ भएको बताउँदै समयमै काम सम्पन्न गर्न आग्रह गर्नुभयो ।

Lahachhap

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले स्टुडियोले चलचित्रकर्मीको कामलाई सहज बनाउने विश्वास व्यक्त गर्नुभयो । “हामीले प्राविधिक सहायताले धेरै काम गर्न सक्छौँ । स्टुडियो समयमै निर्माण भएर चलचित्रकर्मीले उपयोग गर्न पाएमा यसबाट हामीले नयाँ किसिमको चलचित्र निर्माणसँगै अन्य धेरै फाइदा लिन सक्छौँ । यो हामी चलचित्रकर्मीका लागि सुखद समाचार हो”, उहाँले भन्नुभयो ।

‘सि’ अर्थात् ‘सिनेमा’ र नेपाल भाषामा ‘नेपाः’ अर्थात् ‘नेपाल’ राखेर स्टुडियोको नामाङ्कन ‘सिनेपाः’ गरिएको हो । अभिनेता तथा निर्माता दीपकराज गिरीले स्टुडियो बन्ने खबरले चलचित्रकर्मीहरू उत्साहित भएको बताउनुभयो ।

“यो राम्रो कामको सुरुआत हो । हामीले केही गरेनौँभन्दा पनि गरिरहेका छौँ, प्रयासरत छौँ भन्ने सन्देश दिनु राम्रो हो । समयमै स्टुडियो निर्माण पनि सम्पन्न हुन्छ भन्ने विश्वास मैले लिएको छु । हामी सकारात्मक सोच राखेर आशावादी हुनुपर्छ, त्यसले सुन्दर नतिजा दिन्छ”, अभिनेता गिरीले भन्नुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफूले अध्यक्ष पदको कार्यभार सम्हालेदेखि नै तीन वटा काम पूरा गर्ने लक्ष्य लिएको बताउनुभयो । “चलचित्र क्षेत्रलाई समयानुकूल बनाउन परिमार्जित चलचित्र ऐन, रियल टाइम बक्सअफिस डाटा र अत्याधुनिक सुविधासम्पन्न स्टुडियो प्राथमिकतामा राखेर काम गरेको थिए, हामीले यी तीनै काममा सफलता हात पारेका छौँ । यसले नेपाली चलचित्रको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पु-याउनेमा विश्वस्त छौँ”, अध्यक्ष डिसीले भन्नुभयो ।

कार्यक्रममा मिलन चाम्स, दीपाश्री निरौला, निर्मल शर्मा, अर्जुनकुमार, सिताराम कट्टेल, जीतु नेपाल, वसुन्धरा भुसाललगायत कलाकर्मी उपस्थित हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

अन्य न्यूजहरु

news

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

news

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

news

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

news

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus