दुई लाख घुस सहित जिल्ला अदालतका कम्प्युटर अपरेटर अख्तियारको नियन्त्रणमा

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्युटर अपरेटर राम लखन बनियालाई नियन्त्रणमा लिएको छ ।

लागूऔषध मुद्दामा कारगारमा रहेका सेवाग्राहीसँग छुुटाई दिन सहजीकरण गर्ने भन्दै घुस लिएको आरोपमा बुधबार अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

नवलपरासी (बर्दाघाट सुस्ता पश्चिम) पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ बेलासपुरबाट घुस लिइसकेको अवस्थामा बनियालाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments