राष्ट्रियसभा:

‘बारपाकमा पुनःनिर्माण भएका घर मौलिक र प्राचीनयुक्त भएन’

काठमाडौँ। सांसदहरुले गोरखाको बारपाकमा भूकम्पपछि पुनःनिर्माण भएका घरहरु मौलिक र प्राचीनयुक्त नभएको बताउनुभएको छ ।

राष्ट्रियसभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा बारपाक क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण सम्बन्धमा अनुगमन कार्यक्रमको समीक्षामा उहाँहरुले पुनःनिर्माणमा ग्रामीण भेगको मौलिकता नपाइएको टिप्पणी गर्नुभयो ।

समितिका सभापति मायाप्रसाद शर्माले भूकम्पपछिको पुनःनिर्माण अवस्थाबारे थाहा पाउनु र स्थानीय तहको भूमिका कस्तो छ ? पुनःनिर्माणपछिको सर्वसाधारणको धारणालगायतका कुरा थाहा पाउन संसद्को टोली बारपाक भ्रमण गएको जानकारी दिनुभयो ।

मदनकुमारी शाहले भवनको डिजाइन् र नक्सा समयमा आउन नसक्दा बर्षौँसम्म पालमा बस्नुपरेको र बारपाकमा अझै पुनःनिर्माण पूरा नभएको तथा भएका पुनःनिर्माणमा मौलिकता नभएको सर्वसाधारणको गुनासो रहेको बताउनुभयो । “बारपाकमा तीन दलित परिवार अझै भूमिहीन रहेछन् । सरकारले सार्वजनिक भवन बनाउन रकम दिने तर जग्गा चाहीँ छैन । जग्गा किन्नलाई पहिला बजेट छुट्याउनुपर्ने होइन र ?”, उहाँले भन्नुभयो, “दशक बित्दा पनि पुनःनिर्माण सकिएन । अब जाजरकोटको भूकम्पपिडतको अवस्था पनि उस्तै हुने हो कि भन्ने चिन्ता छ ।”

सांसद पदमबहादुर परियारले बारपाकमा अझै चार घरको पुनःनिर्माण सम्पन्न नहुँदा अस्थायी आवासमा बसिरहेकाले चाँडोभन्दा चाँडो पुनःनिर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments