प्रतिनिधिसभा:

शोक प्रस्ताव पारित

पूर्वमन्त्री नेपाल नेपाली राजनीतिको एक महत्त्वपूर्ण व्यक्तित्व, नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा साहित्यकार हुनुहुन्थ्यो

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतले पारित गरेको हो । बैठकले स्व नेपालको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । प्रतिनिधिसभा सदस्यहरुले शोक व्यक्त गर्दै एक मिनेट मौन धारणा गर्नुभएको थियो ।

पूर्वमन्त्री नेपाल नेपाली राजनीतिको एक महत्त्वपूर्ण व्यक्तित्व, नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा साहित्यकार हुनुहुन्थ्यो । उहाँको ७१ वर्षको उमेरमा काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा मङ्गलबार निधन भएको थियो ।

उहाँ पहिलोपटक नेपाल कम्युनिष्ट पार्टी(एमाले)को तर्फबाट २०५० सालमा राष्ट्रियसभामा निर्वाचित हुनुभएको थियो । उहाँ विसं २०५६ मा काठमाडौँ जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments