काठमाडौँ/ नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२ / ८३ को पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ ।
नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा नीलम ढुङ्गाना तिम्सिनाले आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाउनुभएको हो ।
कायममुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराउनुभयो ।
सो अवसरमा अर्थमन्त्री पौडेलले राष्ट्र बैंकको प्रतिवेदनले आगामी आर्थिक वर्षको बजेट निर्माणमा महत्वपूर्ण सहयोग पु-याउने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित