सुर्नयामा १० श्ययाको अस्पताल निर्माण हुँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजनाअनुसार सुर्नया पनि १० श्ययाको अस्पताल निर्माण भइरहेको हो

बैतडी। जिल्लाको सुर्नया गाउँपालिकामा १० श्ययाको आधारभूत अस्पतालको भवन निर्माण तीव्र गतिमा भइरहेको छ । सुर्नया–५ पपितामा निर्माण भइरहेको अस्पताल हालसम्म करिब ७० प्रतिशत काम पूरा भएको हो ।

सुर्नया गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुँवरले १० श्यया अस्पताल निर्माण तीव्र गतिमा भइरहेको बताउँदै ‘ए’ ब्लकमा तेस्रो तलाको छत ढलान गरी ‘बी’ ब्लकमा काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय अस्पताल निर्माण धमाधम भइरहेको छ । करिब ७० प्रतिशत काम सम्पन्न भइसकेकाले यथाशीघ्र सम्पन्न हुने विश्वास लिएका छौँ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजनाअनुसार सुर्नया पनि १० श्ययाको अस्पताल निर्माण भइरहेको हो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी रु १४ करोडमा सिएम एसके शिवलिङ जेबीसँग विसं २०७८ मा भवन निर्माणको ठेक्का सम्झौता भएको थियो ।

निर्धारित समयसीमा सकिएपछि म्याद आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सुर्नया गाउँपालिका सबइञ्जिनियर शेरबहादुर विष्टले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुँवरले स्वास्थ्य सेवा पहिलो प्राथमिकतामा रहेको बताउँदै प्रत्येक नागरिकलाई सस्तो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अस्पताल निर्माणपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । नागरिकले गाउँमा सहज र सुलभ रूपमा स्वास्थ्य सेवा दिने हाम्रो लक्ष्य छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

अन्य न्यूजहरु

news