काभ्रेपलाञ्चाेक/ कोशी पारीको भुम्लु गाउँपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ । यसरी पूर्णखोप सुनिश्चित भुम्लु जिल्लाकै दोस्रो स्थानीय तह हो । यस अघि नमाेबुद्ध नगरपालिका जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चित भइसकेकाे छ ।
राष्ट्रिय खोप निर्देशिकाअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी जन्मेदेखि १५ महिना र १६ देखि ५९ महिनामुनिका सम्पूर्ण बालबालिकालाई खोप लगाएकाले पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम र गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले भुम्लुलाई पूर्ण खोप सुनिश्तिता तथा दिगोपना घोषणा भएको स्थानीय तह घोषणा गरेका थिए । सो अवसरमा गौतमले गाउँपालिका अध्यक्ष भुजेललाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ वैशाख २४ गते