ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर। पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–८ मा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना५ख ७७१२ नम्बरको ट्रकको ठक्करबाट राक्सिराङ गाउँपालिका–९ का ७० वर्षीय गङ्गाबहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

बाटो काट्ने क्रममा स्याङतानलाई आज बिहान ठक्कर दिएको हो । निजको घटनास्थलमा नै मृत्यु भएको हो । ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments