वर्तमान सरकार कांग्रेस–एमालेबीचको लिखित सहमतिअनुसार अघि बढ्ने उहाँले बताउनुभयो
चितवन। नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले महाधिवेशन एक वर्षभित्र हुने बताउनुभएको छ ।
आज यहाँ पत्रकारसँग उहाँले पार्टीको महाधिवेशन आगामी मङ्सिर भित्रमा हुने बताउनुभयो । आन्तरिक कामका कारण रोकिएमा ढिलोमा विसं २०८३ वैशाखसम्ममा महाधिवेशन हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विधानअनुसार पार्टीलाई चलाउन समयमै महाधिवेशन नभए पार्टीको वैधानिकतामाथि प्रश्न उठ्छ ।”
वर्तमान सरकार कांग्रेस–एमालेबीचको लिखित सहमतिअनुसार अघि बढ्ने उहाँले बताउनुभयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित