सहकारी पीडित बचतकर्ता महिनौँदेखि सडक आन्दोलनमा, आज त अर्धनग्न प्रदर्शन

काठमाडौं / सहकारी संस्थाबाट पीडितहरूले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंको माइतीघर मण्डलामा सहकारी पीडितहरूले अर्धनग्न अवस्थामा प्रदर्शन गर्दै आफ्नो आक्रोश प्रकट गरे ।

प्रदर्शनकारीहरूले ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए ।

सहकारी संस्थाका रकमको अपचलनबाट पीडित बचतकर्ताहरू महिनौंदेखि सडकमा उतरी संघर्ष गर्दै आएका छन् ।

उनीहरूले सहकारी संस्थाका सञ्चालकहरूको सम्पत्ति जफत गरेर भए पनि आफ्नो बचत रकम फिर्ता प्राप्त हुनुपर्ने बताएका छन् ।

न्युज एजेन्सी नेपालले लिएका केही तस्बिर 

Lahachhap
Lahachhap
Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments