दिवङ्गत संस्थापक लक्ष्मण राजवंशीको स्मृति दिवसमा सिद्धार्थ वनस्थली मल्पीले ६ जनालाई सम्मान गर्यो

काभ्रेपलाञ्चोक/पनौती–८ मल्पीस्थित सार्वजनिक शैक्षिक गुठीबाट सञ्चालित सिद्धार्थ वनस्थली इन्स्टिच्युटले दिवङ्गत संस्थापक लक्ष्मण राजवंशीको स्मृति दिवसको अवसर पारेर विभिन्न विधामा कहलिएका ६ जना व्यक्तिलाई सम्मान गरेको छ ।

यसरी सम्मानित हुनेहरुमा कुशादेवी माविका पूर्व प्रधानाध्यापक रामप्रसाद अधिकारी, नवरत्न अंग्रेजी मावि पनौतीका संस्थापक प्रधानाध्यापक सूर्यप्रकाश देउजा, संस्कृति अध्येता एवं पुण्य मावि पनौतीका पूर्व प्रधानाध्यापक प्रेमबहादुर प्रधान, तत्कालीन मल्पी गाउँ पञ्चायतका जनपक्षीय प्रधानपञ्च भीमबहादुर थापा, बाघभैरव प्रावि पनौतीकी प्रधानाध्यापक सुमित्रा बजगाईं र धितोपत्र बोर्ड नेपालका निमित्त कार्यकारी निर्देशक एवं पूर्व विद्यार्थी रुपेश केसी रहेका छन् ।

२०४४ सालमा सिद्धार्थ वनस्थली ईन्स्टिच्यूटकै व्यवस्थापन सञ्चालन हुने गरी साविकको मल्पी गाउँ पञ्चायतमा निजी विद्यालयका रुपमा इन्स्टिच्युटले गुणस्तरीय शिक्षा प्रदान गर्न सुरु गरेको थियो । सो बखत राजवंशीले आफैं प्रिन्सिपल भएर शिक्षा दिन थालेका थिए ।

Lahachhap

कुशादेबीका क्याप्टेन रामेश्वर थापाले राजवंशीबाट केही वर्ष अघिबाट ईन्स्टिच्युटको स्वामित्त्व आफूमा आएलगत्तैसार्वजनिक शैक्षिक गुठीमा रुपान्तरण गरेका थिए । शिक्षा क्षेत्रको विकास र भाषा साहित्यमा अमूल्य योगदान गरेका राजवंशीको २०७८ साल वैशाख ११ गते निधन भएको थियो । यसै दिनलाई स्मृति दिवसका रुपमा गुठीले लक्ष्मण राजवंशी स्मृति शिक्षा सम्मान प्रदान गर्न थालेको हो ।

शिक्षा विकास तथा समन्वय ईकाई काभ्रेपलाञ्चोककी प्रमुख देवका ढकालको प्रमुख आतिथ्यतामा आयोजित सम्मान कार्यक्रम गुठीका प्रमुख क्याप्टेन रामेश्वर थापाको सभापतित्व सम्पन्न भएको हो । स्वागत गर्दै गुठीका सदस्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव थापाले ३७ वर्षदेखि समयसापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको दाबी गरे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख एवं प्रहरी उपरिक्षक बसुन्धरा खड्का, गुठीका सदस्य एवं पनौती–८ का वडा अध्यक्ष बेदप्रसाद बञ्जारा, प्याब्सनका केन्द्रिय उप–महासचिव भिमसेन केसी, इन्ष्टिच्यूटकी प्राचार्य रेश्मा थापा, सह–प्राचार्य विमल कार्की, पनौतीस्थित सामुदायिक एवं संस्थागत विद्यालयका प्रअहरु, समाजसेवीहरुलगायत विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments