काठमाडौं/प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले एमालेका सांसद रघुजी पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।
तत्कालिन शिक्षा मन्त्री विद्या भट्टराईले राजिनामा दिएको तेश्रो दिनमा शिक्षा मन्त्रालयको जिम्मेवारी पन्तको भागमा आएको हो । पत्रकारिता पृष्ठभूमिका पन्त एमालेका समानुपातिक सांसद हुन् ।
प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनलाई एमालेले खस आर्य समुदायबाट समानुपातिक सूचीमा राखेको थियो ।
शिक्षाका विषयवस्तु एवं यस क्षेत्रमा खासै नदेखिएका पन्तसँग, यस अघि श्रममन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव भने छ । उनी २०६१ सालमा शेरबहादुर देउवाको मन्त्रीमण्डलमा श्रममन्त्री भिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित