काभ्रेपलाञ्चोक/पनौती–५ बाँसघारीमा अवस्थित मुक्तिनाथ मन्दिरको प्राण प्रतिष्ठा गरिएको तेश्रो वर्षको अवसर पारेर आइतबारदेखि (वैशाख ७ देखि ९ गतेसम्म) तृतीय ब्रह्मोत्सवको आयोजना गरिएको छ ।
पनौतीभेगकै समाजसेवी स्वर्गीय गोपालबहादुर थापाको परिकल्पनामा उहाँका सन्ततिका साथै स्थानीयवासीको सहयोगमा निर्मित सो धाम पछिल्लो समय मुस्ताङसम्म धाउन नसक्ने तीर्थालुहरुका लागि नजिकैको धार्मिक गन्तव्य बन्दै आएको छ । स्थापना तेस्रो वर्षसम्ममा हजारौं तिर्थालुले भ्रमण गर्नुका साथै भगवान मुक्तिनाथको आर्शिवाद पाएका छन् ।
यो धाम नै मुस्ताङको धाम पछिको सोही धामअनुसार निर्मित, त्यहीँकै विधि–बिधानअनुसार नित्य पूजाआजा र सायंकालीन आरतीमा तोकिएका योग्यता पुगेका ब्राह्मण पण्डितहरुबाट सञ्चालन हुँदै आउकाले मुक्तिनाथ धाम बनेको बताइन्छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार थापाका अनुसार अघिल्ला दुई वर्षझैं यस पटकको ब्रह्मोत्सवको अवधिमा विष्वक्सेन आराधना, पुण्याहवाचन, अङ्कुरारोपण, ब्राह्मणवरण, अग्नि प्रतिष्ठा, ध्वजारोहण हुनेछ । द्वारतोरणपुजनम, चतुस्थानार्चन, नित्य होम, निय पूर्णाहुति गरिनेछ । मध्यान्ह १२ बजे पछि श्रीदेवी, भूदेवी वल्लभ श्री मुक्तिनाथ भगवानको यात्रोत्सवका लागि नगर परिक्रमा गराइनेछ ।
नित्य पूजा, पूर्णाहुति सके पछि मध्यान्ह १२ बजे देखि १०८ कलशद्वारा श्रीदेवी, वल्लभ मुक्तिनाथ भगवानको महाभिषेक, पुष्पयागम, द्धाद्धशाराधना, सप्तावरणम, ध्वजारोहण, सम्भावना गरिनेछ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित