संघीय मामिलाका विज्ञ पुरुषोत्तम नेपालको अध्यक्षतामा काभ्रे सेवा समाजको नयाँ कार्यसमिति निर्बिरोध चयन

शनिबार काठमाडौमा आयोजित समाजको १३ औं साधारणसभामा नेपाल सरकारका पूर्व सह–सचिव एवं संघीय मामिलाका विज्ञ नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको घोषणा गरिएको हो ।

काठमाडौ । काभ्रेपलाञ्चोक जिल्लाको हकहितका लागि स्थापित काभ्रे सेवा समाजमा पुरुषोत्तम नेपालको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।

शनिबार काठमाडौमा आयोजित समाजको १३ औं साधारणसभामा नेपाल सरकारका पूर्व सह–सचिव एवं संघीय मामिलाका विज्ञ नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको घोषणा गरिएको हो ।

निर्वाचन समितिका संयोजक गंगासागर खत्रीका अनुसार, नेपालसहित १७ जना निर्विरोध चयन भएका हुन् । २१ सदस्यीय कार्य समितिका चार जना भने मनोनित गर्ने प्रावधान छ ।
समाजको बरिष्ठ उपाध्यक्षमा पूर्णसिंह खड्का, उपाध्यक्षमा लभराज जोशी, महासचिवमा कमल तिमल्सिना, सचिवमा ओमकृष्ण श्रेष्ठ र कोषाध्यक्षमा धनरानी केसी छन् ।
यसैगरी कार्यसमिति सदस्यहरुमा उद्धवबहादुर थापा, सच्चयूतराज उप्रेती, भीमप्रसाद गौतम, केशवराज खरेल, सुकदेव सापकोटा, रामप्रसाद हुमागाई, राममणि अधिकारी, काशीनाथ तिमल्सिना, सरस्वती चिमोरिया, शर्मिला थापा विष्ट र अनिल तामाङ छन् ।

साधारणसभामा नेपाल बार एशोसियसनका नवनिर्वाचित महासचिव केदार कोइराला र केन्द्रीय सदस्य मुकुन्द अधिकारीका साथै फूल्चोकी क्षेत्रमा हराईरहेका व्यक्तिहरुको उद्धारमा योगदान पुर्याउनु भएका पनौतीका दावा तामाङ र २०८१ साल असोजमा आएको बाढीको कारण बाग्मतीमा ज्यान गुमाउने अवस्थामा पुगेका व्यक्तिहरुलाई ठूलो जोखिम मोलेर ज्यान जोगाउने तिमालका चनिकलाल तामाङलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा उनीहरुलाई लोक सेवा आयोगका पूर्व अध्यक्ष एवं काभ्रे सेवा समाजका सल्लाहकार संयोजक उमेश मैनालीले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा मैनाली, समाजका आजीवन सदस्य मधु आचार्य, नेपाल सरकारका पुर्व सचिव धनबहादुर तामाङ, सेवा समाजका अध्यक्ष प्रल्हाद केसी, सम्मानित व्यक्तित्व तामाङ र कोइराला लगायतले आफ्नो जिल्लाको विकासमा सबै एकजुट भएर सक्रियता पूर्वक लाग्नुपर्ने बताउनुभएको थियो ।

साधारणसभामा महासचिव राघव सिंह थापाले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिना श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest


0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments