पर्यटन क्षेत्रको विकासमा महिलाको नेतृत्वदायी भूमिका रहने

वर्तमान ‘डिजिटल’ युगमा नेपाली पर्यटन उद्योगमा महिला विषयमा नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले महिला पर्यटन क्षेत्रको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम छन् भन्नुभयो

ललितपुर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन उद्योगमा महिला उद्यमशीलता नै अर्थतन्त्रको महत्वपूर्ण आधार हुनसक्ने बताउनुभएको छ ।

वर्तमान ‘डिजिटल’ युगमा नेपाली पर्यटन उद्योगमा महिला विषयमा नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले महिला पर्यटन क्षेत्रको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम छन् भन्नुभयो ।

पर्यटनमन्त्रीले आगामी वर्षको बजेटमा पर्यटन क्षेत्रको विकास र समृद्धिलाई केन्द्रमा राखेर रकम विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “पर्यटन क्षेत्रको विकास निजी क्षेत्रसँगको सहकार्यमा अझ प्रभावित ढङ्गले गर्न सकिन्छ सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार काम गरौँ”, निजी क्षेत्रलाई विदेशी मुद्राआर्जनको प्रमुख उद्योगको विकासमा लाग्न आह्वान गर्दै उहाँले भन्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी अधिकारीले पर्यटन उद्योगलाई प्रविधिमैत्री बनाउन हरेक क्षेत्रमा इन्टरनेटको प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो ।

“हामी १६औँ योजना कार्यान्वयनमा छौँ, सोहीअनुरुप नीति तथा कार्यक्रम तर्जुमा गरेर अघि बढेका छौँ महिलाको योगदानबाट पर्यटनका साथै विकास निर्माणका कार्यक्रमले चाँडो गति लिन्छन् । आर्थिक विकासमा पनि महिलाको भूमिका महत्वपूर्ण छ”, उहाँले भन्नुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पाँच लाख महिला जनशक्तिलाई पर्यटन क्षेत्रले रोजगारी प्रदान गरेको तथ्याङ्क प्रस्तुत गर्दै महिलालाई आर्थिक रुपमा सशक्त गराउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पर्यटन क्षेत्रमा महिलाको सहभागिता निरन्तर बढिरहेको भन्दै डिजिटल माध्यमले महिलालाई काम गर्न सहज भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Unlocking Fun at Joker Room Casino with No Deposit Bonus

Unlocking Fun at Joker Room Casino with No Deposit Bonus

अन्य न्यूजहरु

news