रोशिमा तिनदिने निशुल्क दन्त शिविर शुरु

रोशी-७ कटुन्जेमा तिन दिने शिविरको उद्घाटन गर्दै नेपाली काङ्ग्रेस काभ्रेका सभापति समेत रहनुभएका पूर्वमन्त्री लामाले स्वास्थ्य नै मानिसको धन भएकाले सबैले आफ्नो जिउज्यान र स्वास्थ्यको नियमित चेकजांच र उपचार गर्नुपर्ने बताए

काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिका-७ कटुन्जेबेशीमा नि:शुल्क दन्त शिविर सुरु भएको छ ।

काठमाडौँस्थित युनिभर्सल डेन्टल अस्पतालले आफ्नो बार्षिकोत्सवको अवसर पारेर रोशी गाउँपालिकासंगको सहकार्यमा नि:शुल्क शिविर सुरु भएको हो ।बैशाख ६ गतेसम्म चल्ने उक्त शिविरको बिहिवार बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री तिर्थ लामाले शुभारम्भ गरे।

रोशी-७ कटुन्जेमा तिन दिने शिविरको उद्घाटन गर्दै नेपाली काङ्ग्रेस काभ्रेका सभापति समेत रहनुभएका पूर्वमन्त्री लामाले स्वास्थ्य नै मानिसको धन भएकाले सबैले आफ्नो जिउज्यान र स्वास्थ्यको नियमित चेकजांच र उपचार गर्नुपर्ने बताए।

Lahachhap

दाँत र मुखजस्तो संबेदनशील अंगको परिक्षण गरी स्वास्थ्यलाभ लिन रोशिवासी र छिमेकि गाउँपालिकाका स्थानीयलाइ समेत आग्रह गर्दै पूर्वमन्त्रि लामाले प्रबिधिमार्फत परिक्षण र आवश्यक परामर्शसहित दाँतको मर्मत एवं औषधि उपचारको लागि निशुल्क व्यवस्था गरेकोमा आयोजकप्रति प्रसंशा गरेका छन्। उनले भने, ‘युनिभर्सल डेन्टल अस्पताल सामाजिक काममा समेत क्रियाशील छ, राजधानीमा बस्ने रोशी र समग्र काभ्रेका जनताका हकमा अधिकांश सेवा निशुल्क उपलब्ध गराइरहेको छ। आर्थिक अभावले दाँत र मुखको उपचारबाट बन्चितहरुलाई सहयोग गरी युनिभर्सल अस्पतालले ठुलो मानवीय काम गरेको छ। ‘

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले नागरिकको स्वास्थ्यको बिषयमा गाउँपालिका अग्रसर भएर लागेको बताएका छन् । बाढिपहिरोपश्चात रोशीको नागरिकको स्वास्थ्यलाइ ध्यानमा राखेर विभिन्न समयमा नि:शुल्क स्वास्थ्यहरु आयोजना गर्दै आएको लामाको भनाइ छ । नागरिक स्वस्थ्य र तन्दुरुस्त रहेमात्र बिकास निर्माण सम्भव भएको बताउदै हरेक वर्ष विभिन्न संस्थाहरुसंग सहकार्य गरेर शिविर सञ्चालन गर्दै आएको अध्यक्ष लामाले बताए ।

गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबाले मानव स्वास्थ्यको क्षेत्रमा दन्त शिविरले पनि महत्वपूर्ण भुमिका खेल्ने बताए । बाढिपहिरो पछि जनताको स्वास्थ्यको मध्यनजर गर्दै शिविर सन्चालन गर्दै आएको ताउदै दन्त शिविरमा भरपुर लाभ लिन सेवाग्राहीलाई आग्रह गरे ।

अस्पतालका सन्चालक राजेन्द्र लामाले २० जना प्राबिधिक खटिएर शिविर सन्चालन गतेको बताएका छन । सेवा गरेवापत आशीर्वाद वाहेक केही नचाहिने बताउदै शिविरमा उपलब्ध नभएका सेवा अस्पतालमा लगेर भएपनी सेवा दिने लामाले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तना, गाउँपालिकाका प्रवक्ता तथा वडा न १२ का वडाध्यक्ष वसन्त कुमार तामाङ, वडाध्यक्षहरु वडा न ६ का वडाध्यक्ष नारायण बहादुर सिवाकोटी, वडा न ७ का वडाध्यक्ष अशोक गौतम, वडा न ११ का वडाध्यक्ष लालकुमार पाख्रीन, स्वास्थ्य शाखा प्रमुख दिलरत्न शाक्य, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष बद्रिराज तिमल्सिना, रोशी उद्योग वाणिज्य संघका अध्यक्ष मनिष बल, युवा व्यवसायी दुधराज घलान, समाजसेवी मिनबहादुर रुचाल मगर लगायतको उपस्थिति रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments