टिपरले ठक्कर दिँदा पाँचखालकी ४ वर्षिया बालिकाको मृत्यु

काभ्रेपलाञ्चोक/पाँचखाल–३ चापेपिपल भन्ने ठाउँमा टिपरले पैदलयात्री बालिकालाई ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ ।

दिउँसो करीब सवा ३ बजे रविओपी हुँदै पाँचखालतर्फ आँउदै गरेको बाप्र०१–००४क १८४५ नम्बरको टिपरले ४ वर्षिया आरिका परियारलाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको सुरुमा पाँचखाल पोलिक्लिनिक लगिएकोमा त्यहाँ उपचार हुन नसकी धुलिखेल अस्पताल रेफर गरिएको थियो ।

अस्पताल पुर्‍याएकी बालिकालाई अपराह्न साढे ४ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटना गराउने टिपर चालक सुर्यबहादुर तामाङ र टिपरलाई तत्काल नियन्त्रणमा लिई पाँचखाल प्रहरीले जिल्ला प्रहरी कार्यालय धुलिखेल पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments