एनआरएनका पूर्वध्यक्ष शेष घलेलगायतको ७ अर्ब लगानीमा घ्याम्पेडाँडामा ‘स्वनिग रिसोर्ट’ बन्दै

भक्तपुर/ वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पर्यटन क्षेत्रको विकासबाट आर्थिक गतिविधि चलायमान बनाउँदै मुलुकलाई समृद्ध बनाउन सकिने धारणा राख्नुभएको छ ।

आज भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुस्थित घ्याम्पेडाँडामा सुरु भएको ‘स्वनिग रिसोर्ट’को शिलान्यास गर्दै उहाँले पयटकीय क्षेत्रको विकास देशका आर्थिक विकासको मेरुदण्ड भएको बताउनुभयो ।

पर्यटकीय क्षेत्रको विकासले समृद्ध मुलुक निर्माणको यात्रामा अगाडि बढ्न सकिने भन्दै मन्त्री ठकुरीले पर्यटनकीय क्षेत्रको प्रचारप्रसार, संरक्षण र प्रवर्द्धन गरी पर्यटकलाई आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो । भक्तपुर क्षेत्रमा प्रशस्त पर्यटकीयस्थल रहेकाले यहाँको पर्यटन प्रवर्द्धनमा सबैले सहकार्य र समन्वय गर्नुपर्ने उहाँको भनाइ छ ।

कूल रु सात अर्बको लागतमा निर्मित उक्त रिसोर्टमा एनआरएनका पूर्वध्यक्ष शेष घले र व्यवसायी अमृत रत्न शाक्यकोसमेत लगानी रहेको छ ।

कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतलगायतल वक्ताले पर्यटन प्रवर्द्धनका माध्यमबाट सूर्यविनायक नगरपालिकामा आर्थिक गतिविधि थप चलायमान बन्ने बताउनुभएको थियो ।

‘भैरव रिसालले पत्रकारिता क्षेत्रमा पुर्‍याउनुभएको योगदान बिर्सन हुँदैन’

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्वर्गीय वरिष्ठ पत्रकार भैरव रिसालले पत्रकारिताका क्षेत्रमा पुर्‍याउनुभएको योगदानलाई कहिल्य बिर्सन नहुने बताउनुभएको छ ।

पत्रकार समाज नेपालले आज यहाँ आयोजना गरेको रिसालको स्मृतिसभामा उहाँले नेपाली पत्रकारिताको विकासमा पुर्‍याउनुभएको योगदानको राज्यले उच्च मूल्याङ्कन गर्नुपर्ने धारणा राख्नुभयो ।

जीवनको उत्तराद्र्धमा पनि रिसालले आफ्नो कलमलाई बलियो बनाउँदै निष्पक्ष पत्रकारिताको उदाहरण दिनुभएको उहाँको भनाइ छ ।

सांसद प्रेम सुवालसहित वक्ताले रिसाललाई सम्झना गर्दै उहाँको योगदानको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा भैरव रिसालप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

अन्य न्यूजहरु

news