नगरकोटको मिस्टिक माउन्टेन होटेलमा बालुवा झार्ने क्रममा टिपर डिलबाट खस्यो,च्यापिएर चालकको मृत्यु

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–२ ठकुरीगाउँस्थित निर्माणाधीन मिस्टिक माउन्टेन होटलको कम्पाउण्डभित्र आज बिहान टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

सो होटलमा बालुवा अनलोड गर्न टिपर पछाडि गर्ने क्रममा बा २ क ३४६४ नम्बरको टिपर डिलबाट ७ मी६र तल खस्दा चालक ३१ वर्षीय विनोद घोरासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी मानबहादुर घलेले जानकारी दिए ।

टिपरमा च्यापिएर घोरासैनीको घटनास्थलमै मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments