हलेसी महादेव स्थान विकास समिति र बृहत्तर बराह क्षेत्र विकास समितिको अध्यक्ष नियुक्त

मोरङ / कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले हलेसी महादेव स्थान विकास समिति र बृहत्तर बराह क्षेत्र विकास समितिको अध्यक्ष नियुक्ति गरेको छ ।

प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज साँझ बसेको बैठकले हलेसी महादेव स्थान विकास समितिको अध्यक्षमा हलेसी तुवाचुङ-७ का डिल्लीकुमार राई र बृहत्तर बराह क्षेत्र विकास समितिको अध्यक्षमा बराहक्षेत्र-४ सुनसरीका प्रकाश बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

त्यसैगरी, प्रदेश सरकारले पर्यटन वर्ष-२०८२ लाई सफल बनाउन प्रदेशअन्तर्गतका कार्यालय, संघसंस्था, वित्तीय संस्था, विद्यालय र विश्वविद्यालयलगायत संस्थाको ‘लेटरप्याड’मा पर्यटन वर्षको लोगो साथै नारा लेख्नका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

आजको बैठकले मालपोत तथा नापी कार्यालयको भौतिक संरचना सुधार गर्न रु दुई करोड २९ लाख बजेट बाँडफाँट गर्ने निर्णयसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments