कर्णाली प्रदेशमा आयोजित १०औँ राष्ट्रिय खेलकुद तेस्रो पटक सारियो

काठमाडौँ / आउँदो जेठ ३ देखि १० गतेसम्म हुने भनिएको १०औँ राष्ट्रिय खेलकुद फेरि स्थगित भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को आज बसेको १२२औँ बोर्ड बैठकले १०औँ राष्ट्रिय खेलकुद स्थगित गर्ने निर्णय गरेको हो ।

२०७९ मा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदबाट २०८१ असोजमा कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद गर्ने निर्णय भएको थियो ।

तर, तयारी नपुगेको भन्दै चैत २३ देखि ३० गतेसम्मका लागि मिति सारिएको थियो ।

उक्त समयमा पनि प्रतियोगिता हुन नसकेपछि पुनः जेठ ३ गतेदेखि १० गतेसम्म गर्ने निर्णय भएको थियो । तर, सो समयमा पनि राष्ट्रिय खेलकुद गर्न नसकिने भन्दै बोर्ड बैठकले स्थगित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments