सो रनिङशिल्ड प्रतियोगितामा कालिका प्रथम, उत्तरगया द्वितीय र गोसाइँकुण्ड गाउँपालिका तृतीय भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विराज तामाङले जानकारी दिनुभयो
रसुवा । जिल्ला खेलकुद विकास समितिद्वारा सञ्चालित यस वर्षको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कालिका गाउँपालिका प्रथम भएको छ ।
सदरमुकाम धुञ्चेमा बिहीबारदेखि सुरु भएको तीनदिने १२औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा रसुवा जिल्लाका पाँच गाउँपालिकाबाट तीन सय छात्रछात्राको सहभागित रहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
जिल्लास्तरीय सो खेलकुद प्रतियोगितामा भलिबल, दौड, तेक्वान्दो, हाइजम्प, लङ्गजम्प, सटफुट, जापानिज थ्रोलगायत ४५ विधाका खेल समावेश गरिएको थियो ।
सो रनिङशिल्ड प्रतियोगितामा कालिका प्रथम, उत्तरगया द्वितीय र गोसाइँकुण्ड गाउँपालिका तृतीय भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विराज तामाङले जानकारी दिनुभयो ।
खेलकुदमार्फत शरीरिक व्यायामसहित ग्रामीण दूरदराजका गाउँहरूमा समेत खेलको जागरण फैलाउन रनिङशिल्ड प्रतियोगिताले मद्दत पुर्याएको स्थानीय शिक्षकहरूले बताएका छन् ।
सो प्रतियोगितको समापन समारोहमा सांसद मोहन आचार्यले विद्यालयले पठनपाठनका साथ खेलकुद तथा अतिरिक्त कार्यक्रमलाई पनि एकसाथ अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित