छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु


मकवानपुर। मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा सडक पार गर्न खोज्दा बसको ठक्करबाट उदयपुरको त्रियुगा नगरपालिका–२ का ५८ वर्षीय जितबहादुर प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको बाप्र०१–००६ख ६७१६ नम्बरको गाडी रोकेर शौचालय जानका लागि सडक पार गर्ने क्रममा ना८ख १८०९ नम्बरको बसले ठक्करले ठक्कर दिँदा प्रधानको मृत्यु भएकोहो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

यस्तै मकवानपुरगढीमा आइतबार भएको अटोरिक्सा दुर्घटनामा परी गम्भीर घाइते भएका हेटौँडा उपमहानगरपालिका–८ ओमनगरका ५४ वर्षीय सुर्ज थापामगरको उपचारका क्रममा आज मृत्यु भएको छ । कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरगढी गाउँपालिका–२ गढी दरबारस्थित सडकमा ना२ह १२९० नम्बरको अटोरिक्सा अनियन्त्रित भई दुर्घटना भएको हो ।

गम्भीर घाइते मगरको काठमाडौँस्थित अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments