प्रहरी मुख्यालयमा तिन सुरक्षा निकायको बैठक

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले आज संयुक्त बैठक राखेका थिए


काठमाडौं । नेपाल प्रहरीको मुख्यालय नक्सालमा तिन सुरक्षा निकायको समन्वयात्मक बैठक सकिएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले आज संयुक्त बैठक राखेका थिए ।

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आह्वान गरेको प्रदर्शनको पूर्वसन्ध्यामा राखिएको संयुक्त बैठक भोलि हुने कार्यक्रम लक्षित रहेको बुझिएको छ ।

बैठकमा नेपाल प्रहरीका प्रमुख दिपक थापा, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापासहित तीन वटै सुरक्षा निकायका जिम्मेवार अधिकृतहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments