स्वास्थ्यमन्त्री पौडेल न्युयोर्कमा, राष्ट्रसङ्घीय उच्चस्तरीय बैठकमा भाग लिने

वासिङ्टन डिसी/ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५८ सभामा भाग लिन आइतबार न्युयोर्क आइपुगेका छन् ।

मन्त्री पौडेललाई संयुक्त राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत दूतावासका कर्मचारीले स्वागत गरे ।

मन्त्री पौडेलको स्वागतका लागि जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट तथा महासचिव मुनेन्द्र नेमवाङ विमानस्थल पुगेका थिए ।

मन्त्री पौडेलले सोमबार र मङ्गलबार हुने उच्चस्तरीय बैठकमा भाग लिने संयुक्त राष्ट्र सङ्घका लागि स्थायी नियोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments