वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं/वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय पत्रकार रिसाल अस्वस्थ हुनुभएपछि आइतबार फ्रन्टलाईन अस्पताल बानेश्वर भर्ना गरिएको थियो ।

उहाँका भाइ पुरु रिसालका अनुसार उहाँको निधन साेही साँझ पौने ८ बजेतिर भएको हो । 

पछिल्लो समय फोक्सो र मुटु समस्याबाट ग्रसित वरिष्ठ पत्रकार रिसाल सूर्यविनायक नगरपालिका –४, दधिकोटमा बस्दै आउनुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । 

पत्रकार रिसालले आफ्नो शरीर पाटन अस्पताललाई दान दिने घोषणा गर्नुभएकाले उहाँको दाहसंस्कार नगरिने वरिष्ठ पत्रकार तीर्थ कोइरालाले बताउनुभयो ।

वि.सं. १९८५ साउन २८ गते जन्मनुभएका पत्रकार रिसाल २०१३ सालदेखि पत्रकारिता क्षेत्रमा आवद्ध हुनुहुन्थ्यो । पत्रकार रिसाल नेपाली भूमि लिपुलेक र लिम्पियाधुरामा जनगणना काममा सहभागी हुनुभएको थियो । 

Lahachhap

रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गर्नु भएको थियो। वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बन्नु भएको थियो ।

वरिष्ठ पत्रकार रिसालले हालखबर पत्रिकामा चार वर्ष काम गर्नुभयो । २०१७ पछि उहाँको पत्रकारितामा २६ महिना अवरुद्ध भयो । उहाँले तथ्याङ्क विभागमा काम गर्नुभयो । यसक्रमममा उहाँ दार्चुलामा जनगणना गर्न जाने टोलीको प्रमुख हुनुभयो । कालापानी, लिपुलेक र लिम्पियाधुराको जनगणना गराउनुभएको उहाँ त्यो भूमि नेपालको हो भन्ने ऐतिहासिक तथ्य स्थापित गर्ने साक्षी हुनुहुन्थ्यो ।

वरिष्ठ पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गर्नु भएको थियो।

२०२० मा राष्ट्रिय समाचार समितिमा प्रवेश गर्नु भएका वरिष्ठ पत्रकार रिसाल सुरुको चार वर्ष समाचारदाता र प्रमुख समाचारदाताको जिम्मेवारीमा काम गर्नुभएको थियो । २०४२ मा राससको जागिर छाड्नु भए पनि स्वास्थ्यले साथ दिइन्जेल उहाँले ‘श्रमिक’ साप्ताहिक तथा ‘मजदुर’ दैनिकमा नियमित स्तम्भ लेख्नुभयो ।

विभिन्न पुरस्कार एवं सम्मान प्राप्त गर्नुभएका रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन्।


Lahachhap

‘मेरो सम्पत्ति भनेको विश्वसनीयता हो’, उहाँले भन्नुहुन्थ्यो ‘म पत्रकार परेर भएको हुँ।’

यस पुस्तकमा रिसालले आफ्नो जीवनकालमा आफैंले भोगेका, देखेका र सुनेका विषयलाई रोचक ढंगले प्रस्तुत गरेका छन्।

पुस्तकको पहिलो लेखकका रुपमा ‘जंगबहादुरका उज्याला पाटा’ शीर्षकमा राणा शासनको सुरुवातकर्ता जंगबहादुरले राजनीतिक, सामाजिक क्षेत्रमा गरेक राम्रा कामबारे उल्लेख गरिएको छ।

दक्षिण एसियाकै पहिलो लिखित कानुनका रुपमा मुलुकी ऐन जारी हुँदाको नालेबेली, डिल्लाबजार र चार खाल अड्काको नामकरण जस्ता विषयलाई समेटिएको छ।

५८ वटा विषय समावेश गरिएको पुस्तकले ऐतिहासिक महत्व बोकेको छ। लेखकले ‘जंगबहादुरको समयमा भएका घटनाहरू’, ‘कुमारी चोकको त्राहिमाम’, ‘पुरानो समयमा हुने विवाह प्रचलन’, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेका कथा व्यथा’, ‘महिलाले पहिलोपटक एसएलसी दिँदाको क्षण’ र ‘हिमाली जिल्ला हुम्लामा लागू गरिएको उज्यालो अभियान’ लगायतका विषयवस्तुलाई पुस्तकमा समेटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments