न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु । म माथि ठुलो अन्याय भएको छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको छ ।
अहिले उनको निवास बुढानीलकण्ठमा प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको छ ।
संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएसँगै प्रहरी घरमा पुगेको हो ।
आफुलाइ पक्राउ गर्न प्रहरी घरमै पुगेपछि सभापति लामिछानेले सामाजिक संजालमा लेखेका छन्- सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु। साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु । म माथि ठुलो अन्याय भएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित